‘प्रेमगीत २’ मा प्रदीपलाई साथ दिँदै स्वस्तिमा ! (भिडियोसहित)

‘प्रेमगीत २’ मा प्रदीपलाई साथ दिँदै स्वस्तिमा ! (भिडियोसहित)

द सिनेमा टाइम्स
0
Shares

सुटिङ अघि नै प्रेमगीत २ सँग हाइप छ । त्यो हाइप संगीत, ग्लसी दृश्य र ब्रान्डले निर्माण गरेको हो । झनै, तन्नेरी पुस्तामाझ रुचाइएकी स्वस्तिमा खड्काको नाम सिनेमासँग जोडिए के होला ? उनै स्वस्तिमा र लिड एक्टर प्रदीप खड्काले चिसिएको काठमाडौं तताए । दसदिन रोकिएको छायांकन मंगलबार राजधानीदेखि सुरु भएको छ । सडक दुर्घटनामा निर्माता एवं निर्देशक घाइते भएपछि छायांकन स्थगित थियो । त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा क्लब डान्स फिल्मांकन सँगै प्रोजेक्ट पुनः सुरु भएको छ ।चारदिनसम्म लाउन्जमा चल्ने क्लब डान्स सुटिङमा स्वस्तिमा, प्रदीप र अश्लेषा ठकुरी फ्रेमिङ हुनेछन् । सहनिर्माता ओम गुरुङले नरिवल फुटाएर सुचारु गरेको सुटिङमा स्वास्थ्य लाभपछि फर्किएका निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक उपस्थित थिए ।

सेतो र नीलो रङयुक्त स्कटल्यान्ड झन्डाको विद्युतीय ब्याकड्रप, कस्ट्युम, प्रप्स र डिजाइन गरिएको महंगो सेटमा डान्स सुट गरिँदैछ । ‘स्कटिस थीममा हामीले गीत सुट गर्दैछौं । कथाको माग पनि यही हो’ नृत्य निर्देशक रिनशा राईले भनिन्, ‘वार्डरोव, डान्स र ब्याकड्रप फ्युजनमा मिहेनत गरेका छौं ।’डेढसय कोरस डान्सहरुसँग कलाकार नाचिरहेका छन् ।फेसन डिजाइनर युबी थापाले आकर्षक स्कटिस कस्ट्युम डिजाइन गरेका छन् । अश्लेषा र स्वस्तिमा मात्र होइन, प्रदीपलाई रातो लेदर कोटमा ह्यान्डसम तुल्याएका छन् । निर्माता सन्तोष सेनले काठमाडौंपछि क्रिउ बन्जी जम्प छायांकन लागि तालनगरी पोखरा जाने बताए ।

१८ लाख खर्च हुने बताइएको उक्त डान्स सेटलाई भव्य तुल्याइएको छ । निर्माता सेनका अनुसार सिनेमाको विश्व प्रिमियर म्यानमारको याङ्गुुनमा रेडकार्पेटसहित हुने छ । राराताल, लुम्बिनीसहित फिल्मको बाँकी छायांकन थाइल्यान्ड र म्यानमारमा हुने आशुसेन प्रोडक्सनले जनाएको छ ।