‘प्रसाद’को ट्रेलरमा नि:सन्तान नम्रता र विपिन माझ भिलेन बने निश्चल

‘प्रसाद’को ट्रेलरमा नि:सन्तान नम्रता र विपिन माझ भिलेन बने निश्चल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी मंसिर २१ गते रिलिज हुने प्रतिक्षीत सिनेमा ‘प्रसाद’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार नेपालको ठुलो रियालिटी शो’ नेपाल आइडल’बाट ‘प्रसाद’को ट्रेलर सर्वाजनिक गरिएको हो । नि:सन्तान दम्पत्तीको कथा रहेको ‘प्रसाद’को ट्रेलरमा मुख्य कलाकार नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको वरिपरी सिनेमाको कथा घुमेको छ ।

सिनेमाको सार्वजनिक गीत ‘लै लै…’ र ‘बनकी चरी…’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । जसले गर्दा दर्शकमाझ सिनेमाले एक प्रकारको हाइप बनाई सकेको छ । ‘नेपाल आइडल’को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दिनेश राउत र अभिनेता तथा निर्देशक निश्चल बस्नेत पुगेका थिए । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा सिनेमाले बोल्छ ।

सन्तान नहुँदा श्रीमान श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । विपिन र नम्रताको बैबाहिक जीवनमा अभिनेता निश्चल भिलेन बनेका छन् । ट्रेलर हेर्दा सिनेमाको कन्टेन्ट बलियो रहेको अनुमान लगाउन सकिन्छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’मा राजेश श्रेष्ठको छायांकन, सुवाष भुषाल र कोशिष क्षेत्रीको संगीत, शिव विकको कोरियोग्राफी, हिमाल केसीको थ्रिल, लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।