विपिन र नम्रतासँगै ‘प्रसाद’मा जोडीए निश्चल

विपिन र नम्रतासँगै ‘प्रसाद’मा जोडीए निश्चल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेपत्रकार तथा समिक्षक सुशील पौडेलको डेब्यु लेखन रहने सिनेमा ‘प्रसाद’मा निर्देशक/अभिनेता निश्चल बस्नेत पनि अनुबन्धित भएका छन् । दिनेश राउतले निर्देशन गर्ने गर्ने सिनेमाका लागि लिड रोलमा यसअघि विपिन कार्की र नम्रता श्रेष्ठ फाइनल भैसकेका थिए ।

नि:सन्तान दम्पतिको कथा बन्ने सिनेमा असार १ देखि छायाँकनमा जाँदैछ । निर्देशनसँगै अभिनयमा झट्टै सिनेमामा हात नहाल्ने बस्नेतले ‘प्रसाद’मा आफ्नो भूमिका र कथा दमदार भएका कारण खेल्न राजी भएको बताए ।
निश्चलले भने, ‘जुन मैले अहिलेसम्म नगरेको च्यालेन्जिंग रोल यसमा छ । सँगसँगै फिल्मको स्टोरी नै एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो ।’ उनले आफुलाई निर्देशक राउत इमान्दार भई काम गर्ने राम्रो फिल्ममेकर लाग्ने भएकोले पनि खेल्न विश्वास बढेको बताए । ‘यो फिल्ममा आबद्ध भएर मैले पनि राम्रो गर्न सकें भने मेरो करिअरको लागि पनि र फिल्मको लागि पनि उपलब्धि नै हुन्छ की भन्ने सोचेर पनि खेल्न राजी भएको हुँ ।’

त्यस्तै निर्देशक राउतले कथाको चरित्र नै निश्चललाई सुहाउने भएकाले अनुबन्धित गरेको बताए । ‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतले भने, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी सिनेमाका एशोसियट डाइरेक्टर हुन् ।