दर्शकले रुचाए विपिन र नम्रताको ‘प्रसाद’, अधिकांश शो हाउसफूल

दर्शकले रुचाए विपिन र नम्रताको ‘प्रसाद’, अधिकांश शो हाउसफूल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हिजो शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद’ ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । बुधवार गरिएको प्रियिमरमा समेत पत्रकार तथा सेलिब्रेटीको उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले रिलिजसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको हो ।

पारिवारिक ड्रामा भनिएको यो सिनेमाले निःसन्तान दम्पतीको कथालाई उनेको छ । दर्शकले सिनेमाको प्रस्तुतीकरण र मुख्य कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन् । काठमाडौंका मल्टिप्लेक्स र सिंगल थियटरका हलमा पनि दर्शकको उपस्थिति बाक्लो देखिएको छ ।सिनेमाको सर्वाधिक सकारात्मक प्रतिक्रिया आएसँगै माउथ पब्लिसिटीका कारण सिनेमाले निरन्तर व्यापार गर्ने आँकलन गरिएको छ ।मल्टिप्लेक्सका दर्शकसँगै सिंगल थियटरका दर्शकले पनि सिनेमा उत्तिकै मन परेको बताए । शनिवार बिहानी शोमा सिनेमा हेर्न आएका एक परिवारले ‘प्रसाद’ हेरिसकेपछि कथाले निकै मन छोएको प्रतिक्रिया दिए । एक दर्शकले भने, ‘मेरो त दिमाग नै हल्लाइदियो, परिवारसँग बसेर मज्जाले हेर्न मिल्ने सिनेमा रहेछ, अरुलाई पनि नछुटाई हेर्न अनुरोध गर्छु ।’
कतिपयले दर्शकले लामो समयपछि एउटा स्तरीय सिनेमा हेर्न पाएको प्रतिक्रिया दिएका छन् ।समाजका विभिन्न आयामलाई उठान गरिएको यो सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुशील पौडेलले लेखेका हुन् । विपिन र नम्रतासँगै निश्चल बस्नेत, बसुन्धरा भुसाल लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको यो सिनेमालाई सुभाष थापाले निर्माण गरेका हुन् ।

सिनेमाले छुवाछूतविरुद्ध आवाजलाई बुलन्द बनाएको छ भने मायाको अर्थलाई पनि अझ प्रगाढ बनाउने प्रयास गरेको छ ।