प्रदीपसँग दुई नव-अभिनेत्री, बन्ने भयो ‘लिलीबिली’

प्रदीपसँग दुई नव-अभिनेत्री, बन्ने भयो ‘लिलीबिली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो समयका व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ सिनेमा ‘लिलीबिली’को औपचारिक घोषणा गरिएको छ ।

राजधानीको तारे होटेलमा प्रेसमिट गर्दै निर्माण युनिटले ‘लिलीबिली’का कास्ट एण्ड क्रिउ सार्वजनिक गर्यो । सिनेमामा प्रदीप खड्का र अनुपविक्रम शाहीको मुख्य भूमिका रहनेछ । युकेमा बस्दै आईरहेका जसिता गुरुङ र रेविका गुरुङले ‘लिलीबिली’मा डेब्यु गर्नेछन । सिनेमा भित्र यी दुई नव-अभिनेत्रीले प्रदीप खड्कासँग स्क्रिन शेयर गर्नेछन ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई तिहार पछी स्कटल्याण्ड र इंग्ल्यान्डमा खिचिनेछ । बजेट २ करोड पचास लाख बजेटमा निर्माण गरिने सिनेमामा गोविन्द शाही र सुदीप खड्काको लगानी रहनेछ । ‘लिलिबिली’लाई यहिँ वर्षको चैत ३० गते रिलिज गरिने निर्देशक चाम्सले जानकारी दिए ।