प्रदीपद्वारा नोभेम्बरको नयाँ शोरुम उद्घाटन

प्रदीपद्वारा नोभेम्बरको नयाँ शोरुम उद्घाटन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली उत्पादन नोभेम्बर जिन्सको ब्राण्ड एम्बेस्डर रहेका अभिनेता प्रदीप खड्काले दरबारमार्गस्थित ‘नोभेम्बर’को नयाँ शोरुम उद्घाटन गरेका छन् ।

शनिबार ‘नोभेम्बर’को नयाँ ब्रान्च उद्घाटन गर्ने क्रममा उनले नेपाली उत्पादन आफ्नो पहिलो रोजाई भएको र यसबाट सन्तुष्ट रहेको बताए । सिनेमा ‘प्रेमगित २’ र ‘लिलिबिली’मा नोभेम्बरकै पोशाक प्रयोग गरेको भन्दै घरेलु उत्पादन प्रयोग गर्दा आत्मनिर्भरमा सहयोग पुग्नेमा प्रदीप आशावादी छन् ।

प्रदीप अहिले सिनेमा ‘रोजी’को छायाँकनमा ब्यस्त छन् । उनको भिन्न अवतार रहेको सिनेमा यसै सातादेखि छायाँकनमा उत्रेको हो ।