सुरु भयो ‘रोजी’, प्रदीपको भिन्न अवतार (भिडियो)

सुरु भयो ‘रोजी’, प्रदीपको भिन्न अवतार (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – युवास्टार प्रदीप खड्का आउँदो सिनेमा ‘रोजी’मा भिन्न अवतारमा देखिएका छन् । प्रेमकथानक सिनेमालाई निरक पौडेलले निर्देशन गर्नेछन् ।

सिनेमाको बुधबार बालाजुको एनएफडिसी हलमा अदालतको सेट लगाएर छायाँकन सुरु गरियो । जहाँ कथा अनुसार अदालतको कठघरामा प्रदीपसँगै परमिता राज्यलक्ष्मी राणा र मिरुना मगर उपस्थित भए । सिनेमामा यी तीनका अलावा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।

सिनेमामा प्रदीपलाई निकै फरक अवतारमा देख्न सकिनेछ । क्युट लूक्समा धनि प्रदीपको यस्तो लूक्सले ‘रोजी’प्रति दर्शकको उत्सुकता बढ्ने विश्वास निर्देशक पौडेलले गरेका छन् ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण सिनेमाका प्रस्तुतकर्ता उद्दव पौडेल  हुन् । आयरा पौडेल र आरोही केसीको लगानी रहने सिनेमामा राजविक्रम थापाको छायाँकन, केदार भुसालको कथा र मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहनेछ ।