ह्याट्रिकको दौडमा प्रदीप !

ह्याट्रिकको दौडमा प्रदीप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘इस्केप’बाट जन्म भएपनि ‘प्रेमगीत’ मार्फत उदाए अभिनेता प्रदीप खड्का । त्यसपछीको ‘प्रेमगीत २’ले प्रदीपलाई चम्किलो पर्दामा अर्को उचाई दियो ।

त्यहिँ उचाईमा अब प्रदीप इट्टा थप्ने दाउमा छन् । लगातार दुई हिट सिनेमा दिएर सबैको नजरमा परेका प्रदीपको आगामी सिनेमा ‘लिलिबिली’ हिट भयो भने पहिलो ह्याट्रिक मार्नेछन् । सिनेमा नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुदैछ ।

पछिल्लो समय चकलेटी हिरोको हालीमुहाली छ सिनेमा बजारमा । त्यहिँ भिडका एक आशालाग्दा खम्बा हुन् प्रदीप । आफ्नै भरमा सिनेमाको लगानी रिकभर गर्ने सामर्थ्य राख्ने प्रदीपको ‘लिलिबिली’ले कस्तो व्यापार गर्ला त ? सिनेवृतमा प्रतिक्षित सिनेमाको लिस्टमा राखिएको ‘लिलिबिली’ले बम्पर व्यापार गर्ने अड्कलबाजी काटिएका छन् ।

सिनेमाको ट्रेलर, गीत र प्रचारबाट पाएको हाइपले प्रदीपको ह्याट्रिक दौडलाई नजिक देखाएको छ । प्रदीप सिनेमाको लागि यतिसम्म लागि पर्छन, की एउटा सिनेमा रिलिज नभएसम्म अर्को सिनेमाको थालनी गर्दैनन । प्रदीप भन्छन ‘दर्शकलाई गुणस्तरीय सिनेमा दिउ भन्ने लाग्छ ।’

मिलन चाम्स निर्देशित सिनेमामा प्रदीपका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ जस्ता चर्चित कलाकारको अभिनय छ । त्यस्तै यहिँ सिनेमाबाट डेब्यु गर्न लागेकी जसिता गुरुङ पनि ट्रेलर र गीतबाटै दर्शकको नजरमा परिसकेकी छन् ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।