नयाँ सिनेमामा ‘लिलिबिली’ जोडी पक्का

नयाँ सिनेमामा ‘लिलिबिली’ जोडी पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘लिलिबिली’ जोडी नयाँ सिनेमाका लागि जोडिएको छ । उज्जवल घिमिरेले निर्देशन गर्ने ‘लभ स्टेशन’ ‘लिलिबिली’का प्रमुख पात्र प्रदीप खड्का र जसिता गुरुङ फाइनल भएका हुन् ।

प्रदीपसँगै गोविन्द शाहीको निर्माण रहने सिनेमाका लागि अन्य दुई अभिनेत्रीको खोजी भैरहेको छ । निर्माता शाहीले बताए अनुसार सिनेमामा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ ।

प्रदीप अहिले निरक पौडेलको निर्देशनमा बनिरहेको ‘रोजि’मा व्यस्त छन् । ‘रोजी’ सकिए लगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरण रहेको बताइएको छ ।

काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने सिनेमाको रिलिज डेट फागुन २४ लाई तोकिएको छ ।