निर्माता शाही र प्रदीप मिलेर सिनेमा निर्माण गर्ने

निर्माता शाही र प्रदीप मिलेर सिनेमा निर्माण गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वितरक/निर्माता गोविन्द शाही र अभिनेता प्रदीप खड्का मिलेर सिनेमा निर्माण गर्ने भएका छन् ।

काफिया फिल्मस् र प्रदीप मिडिया प्रालीको व्यानरमा बन्ने यस अनटाइटल प्रोजेक्टका लागि निर्देशक र मुख्य अभिनेत्रीसँग कुरा भैसकेको छ । सिनेमाको टाइटल दर्ता हुना साथ निर्देशक र अभिनेत्री पनि प्रेसमिटद्वारा सार्वजनिक गरिने शाहीले बताए । यहिँ वर्षको कार्तिकबाट फ्वोरमा जाने सिनेमालाई आगामी नयाँ वर्षमा रिलिज हुनेछ ।

निर्माता शाहीले निर्माण गरेको ‘लिलिबिली’मा प्रदीपको मुख्य भूमिका थियो । जुन सफलताको दोस्रो सातामा प्रदर्शनरत छ ।