चितवनका बाढी प्रभावितलाई पूजाद्वारा राहत वितरण

चितवनका बाढी प्रभावितलाई पूजाद्वारा राहत वितरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री पूजा शर्माले चितवन रत्ननगर ५ का बाढी पिडित सुकुम्बासीहरुलाई राहत वितरण गरेकी छन् । केहि दिन अगाडी १ लाख सहयोगको घोषणा गरेकी पूजाले विहिबार बाढी प्रभावित क्षेत्रमै पुगेर ६०जनालाई लत्ताकपडा र खाद्यान्न वितरण गरिन ।

राहत बाँढ्दै म यस्तो गीत गाउँछु अभिनेत्रीले भनिन्, ‘घरहरु अझै हिलाम्य छन् । खाने कुरा छैन । लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ ।’ यता निर्देशत थापाले सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने धारणा राखे । आफ्नो ठाउँबाट जति सकिन्छ त्यति सहयोग गरौं, निर्देशक थापाले भने । अन्य बाढी प्रभावित क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको पुजाले बताइन् ।

गत शुक्रबारबाट परेको अविरल वर्षाका कारण पूर्वी राप्ति नदीले चितवनमा क्षति पुर्याएको थियो ।