पूजाका हिरो माग्ने, तक्मे, रविन्द्र पछी मुन्द्रे पनि !

पूजाका हिरो माग्ने, तक्मे, रविन्द्र पछी मुन्द्रे पनि !

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पूजा शर्माले निर्माण गर्न लागेको अनटाइटल सिनेमामा हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे) पनि अनुबन्धित भएका छन् । उनलाई ७ लाख पारिश्रमिकमा अनुबन्ध गरेको सिनेमाकी लिड शर्माले जानकारी दिईन । सिनेमामा शर्मा सोलो हिरोइन रहनेछिन ।

सिनेमाका लागी यसअघि केदार घिमिरे (माग्ने बुढा), विल्सनविक्रम राई, र रविन्द्र झा फाईनल भैसकेका छन् । केदार घिमिरे १० लाखमा अनुबन्धित हुँदा सिनेमा बजार तातेको थियो । लभ कमेडी जानरामा निर्माण हुने सिनेमामा संगीतकार अर्जुन पोखरेल पनि छन् ।

माघ अन्तिमबाट छायाँकनमा जाने सिनेमा अहिले प्रिप्रोडक्सनको अन्तिम चरणमा पुगिसकेको छ । अब सिनेमाको नाम र लिड हिरो फाईनल हुन् बाँकी छन् । छिट्टै नै सिनेमाको सबै टिम फाईनल गरि अफिसियल घोषणा सहित छायाँकनमा जाने निर्देशक सुदर्शन थापाले बताए ।