पुजा शर्मा नम्बर एक नायिका : भुवन केसी

पुजा शर्मा नम्बर एक नायिका : भुवन केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘प्रेमगीत’ सिनेमाबाट रातरात स्टार भएकी अभिनेत्री हुन् पुजा शर्मा । ‘प्रेमगीत’पछि उनले अभिनय गरेको सिनेमा ‘म यस्तो गीत गाँउछु’ बक्सअफिसमा सुपरहिट भएको थियो । भने शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ले पनि यतीवेला सफलताको सिडी चढिरहेको छ ।

नेपालमा एउटै कलाकारले लगातार हिट सिनेमा दिन त्यती सहज छैन् । त्यही असहजतालाई छिचोल्दै अघि बढिरहेकी छिन् पुजा शर्मा । उनको अभिनय तथा निर्माण रहेको सिनेमा ‘रामकहानी’ले शुक्रबार र शनिबार आक्रमक व्यापार गरेको थियो । अहिले नेपाली कलाकारको स्टारडम सिनेमाले गर्ने इनिसियल व्यापारले मापन हुने गरेको छ ।सिनेमा ‘रामकहानी’को आइतबार स्पेशल शोको आयोजना गरिएको थियो । जहाँ सदाबहार नायक भुवन केसी ‘रामकहानी’ हेर्न पुगेका थिए । सिनेमा हेरे पश्चात भुवनले भने – पूजाले लगातार ३ वटा सिनेमा हिट दिएर ह्याट्रिक गरेकी छिन् । उनलाई म नेपालको नम्बर १ नायिका भन्न चाहन्छु ।’ भूवनले यसो भनिरहँदा पूजा मुस्कुराइन् । नायक भूवन केसी र नायिका पूजा शर्माको मित्रता गज्जबको छ । दुबैले एक अर्काको प्रशंसा खुबै गर्छन् । भूवनको फ्यान बताउने पूजा उनको स्टाइलबाट आफू प्रभावित भएको बताउँछिन् ।

सिनेमा हेर्न पुगेका अधिकांशले यसको कथावस्तु, सस्पेन्स र कमेडी उत्कृष्ट रहेको बताए । सुदर्शन थापा निर्देशित सिनेमामा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । लभस्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शनले यो सिनेमामा पनि लभस्टोरीको पाटोलाई उत्कृष्ट बनाएका छन् ।