‘पू’ जिम क्लास टुडे !

‘पू’ जिम क्लास टुडे !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘आई विल बी लेट… जिम क्लास टुडे’ ! बलिउड सिनेमा ‘कभी खुसि कभी गम’मा अभिनेत्री करीना कपूर (पूजा‘पू’)ले बोलेको यो संवाद अहिले पनि हिट छ ।

बलिउड ‘पू’को जस्तै नेपाली ‘पू’ ‘पूजा शर्मा’को जिम क्लास ‘टुडे’ मात्र होइन । पछिल्लो तिन साता देखि चलिरहेको छ । उनि नयाँ सिनेमाको लागी जिम क्लास र जुम्बामा पसिना बगाईरहकी छन् । ‘पू’ले जिम क्लासका केहि तस्विर र भिडियो सार्वजनिक गरेकी छन् । जहाँ उनको मेहनत प्रष्ट देखिन्छ ।

सुदर्शन थापाले निर्देशन गर्ने सिनेमाको अहिले प्रिप्रोडक्सनको काम भैरहेको छ । अर्जुन पोखरेलको संगीत रहने सिनेमाको लागि नयाँ हिरोको खोजि भैरहेको निर्देशक थापाले बताए । माघ अन्तिम साता देखि छायाँकनमा जाने सिनेमाको छिट्टै नै अफिसियल घोषणा हुनेछ ।