केकीले रिबन काट्दा ललितपुरमा खुल्यो”पीज्जा वर्ल्ड”

केकीले रिबन काट्दा ललितपुरमा खुल्यो”पीज्जा वर्ल्ड”

द सिनेमा टाइम्स
0
Shares

ललितपुरको कुमारीपाटीमा शुक्रबारबाट पिज्जा पारखीका लागि  लक्षित गर्दै ‘पीज्जा वर्ल्ड’को शाखा सञ्चालनमा ल्याइएको छ । पिज्जा वल्र्डको नायिका केकी अधिकारीले रिबन काट्दै शुभारम्भ गरिन् ।

उद्घाटन कार्यक्रममा केकीसँगै पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मा,  गजित बिष्ट,  गम्भिर बिष्ट  लगायत सहभागी थिए ।  काठमाण्डौको बौद्धपछि ललितपुरको कुमारीपाटीमा ‘पीज्जा वर्ल्ड’को शाखा संचालनमा आएको  हो ।

पिज्जा वल्र्ड सञ्चालकमध्येका एक विनोद पौडेलले आफूहरुले हरेक प्रकारका पीजाहरु ग्राहकलाई सुपथ मुल्यमा उपलब्ध गराउने बताए।

‘पिज्जाबाहेक पास्ता, स्पाइसी चिकेन, चिकेन तन्दुरी लगायतका खानकुरा पनि यहाँ पाइन्छन् , उनले अगाडी थपे  ।