दीलिप र जयकिसनको ‘पिरिम पर्या छन्’ ट्रेलर रिलिज

दीलिप र जयकिसनको ‘पिरिम पर्या छन्’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काडमाडौँ-  दीलिप रायमाझी र जयकिसन बस्नेत स्टार सिनेमा ‘पिरिम पर्या छन्’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी भरिपुर्ण संवाद समावेश गरिएको छ ।

श्रावण २५ गते रिलिज हुने सिनेमामा पुनर थापाको लेखन तथा निर्देशन रहेको छ । पुरनले यसअघि कमेडी फिल्म कान्छी मट्याङ ट्याङ निर्माण गरेका छन भने ‘पिरिम पर्या छन्’ र ‘फेरि फेरि’ पर्दशनको लागी तयार छन् । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुतिमा सिनेमा निर्माण भएको हो ।

साढे दुई मिनेट लामो सिनेमाको ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेतका अलवा शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

गाउँले परिवेशको कथामा निर्माण गरिएको सिनेमामा बिकास चौधरी र बिनोद भुजेलको संगीत, बाबु बलामीको द्धन्द्ध, बिमल ढकालको छायाँकन रहेकोछ । पिरिम पर्या छन्लाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

https://youtu.be/K9r8GVad77A