निखिलको एक्सन भरिपूर्ण ‘पिंजडा ब्याक अगेन’ ट्रेलर

निखिलको एक्सन भरिपूर्ण ‘पिंजडा ब्याक अगेन’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – करिब १९ वर्ष अगाडी अभिनेता निखिल उप्रेतीले ‘पिंजडा’ मार्फत डेब्यु गरेर सिनेमा क्षेत्रमा एक्सन बेच्न सुरु गरे । छोटो समयमै एक्सनमा सफलता कमाएका निखिलका अधिकाँस हिट सिनेमा एक्सनले भरिपूर्ण हुन्छन ।

नेपाली सिनेमामा केहि समय विश्राम लिएपछी पुन: यी अभिनेता आफ्नो पुरानै एक्सन बेच्ने सुरमा छन् । कमब्याक पछी लगातार एक्सन सिनेमामा अभिनय गरिरहेका निखिलको अर्को एक्सन सिनेमा ‘पिंजडा ब्याक अगेन’को पनि ट्रेलर सार्वजनिक गरिएको छ । जहाँ पहिलेकै जस्तो एक्सन रुपमा प्रस्तुत भएका छन् ।

‘पिंजडा ब्याक अगेन’मा भरिपूर्ण एक्सन प्रयोग गर्नुमा निर्देशकको पनि हात छ । एक्सन डाइरेक्टर हिमाल केसीले यो सिनेमाबाट निर्देशनमा पनि पाईला चालेका छन् । उसो त केसीले पहिलो पटक १९ वर्ष अगाडी नै ‘पिंजडा’मा सहद्वन्द निर्देशनको काम गरेका थिए । यी निर्देशक पनि निखिल जस्तै द्वन्द निर्देशनमा स्थापित सिनेकर्मी हुन् । अब हेर्न बाँकी छ, यी दुईको एक्सनलाई दर्शकले साथ दिन्छन की दिदैनन् !

टिमले सोमबार राजधानीको क्युजमा प्रेसमिट गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्दा निखिल भने काम विशेषले उपस्थित हुन् सकेनन् । अभिनेत्री सारा सिर्पाली सहितको टिमले पुष २६ गते पुन: प्रेसमिट गर्ने बतायो । सिनेमाको लागि यो प्रेसमिट तेस्रो पटक हो । यसअघि २ गीत रिलिज गर्दा पनि क्युजमै प्रेस बोलाईएको थियो ।

मौनता श्रेष्ठको कथामा निर्मित सिनेमामा बनिश शाह/मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन, हिमाल केसीकै एक्सन, बसन्त सापकोटा/अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । सिनेमामा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका छ ।

बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी छ । सिनेमाका सहनिर्मातामा रमेश सुवेदी र बाबुराजा सिंह रहेका छन् ।