‘पिंजडा ब्याक अगेन’को रिलिकल आइटम गीत रिलिज

‘पिंजडा ब्याक अगेन’को रिलिकल आइटम गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निखिल उप्रती र सारा शिर्पाली मुख्य भुमिकामा अभिनित सिनेमा ‘पिंजडा व्याक अगेन’को लिरिकल आइटम गीत सार्वजनिक गरिएको छ । ‘बल्यो धप धप…’ बोलको गीतमा डा. कृष्णहरि बराल शब्द र बसन्त सापकोटाको संगीत छ ।

गीतमा शशी रावलको स्वर छ । गीतमा कथाको चल दृश्यहरु रहेकोले भिडियो सार्वजनिक नगरिएको निर्माण टिमले बतायो । गीतको भिडियो रिलिज गर्दा कथा नै लिक हुने निर्माण टिमको ठम्याई छ । अब यो गीतको भिडियोलाई दर्शकले हलमै हेर्न पाउनेछन् ।

हिमाल केसी निर्देशित सिनेमा माघ ४ गते अलनेपाल रिलिज हुदैछ । मौनता श्रेष्ठको कथामा निर्मित सिनेमामा बनिश शाह/मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन, हिमाल केसीकै एक्सन, बसन्त सापकोटा/अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । सिनेमामा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका छ ।

बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी छ । सिनेमाका सहनिर्मातामा रमेश सुवेदी र बाबुराजा सिंह रहेका छन् ।