‘पिँजडा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका निखिल उप्रेतीले सोही नाम जोडिएको ‘पिँजडा ब्याक अगेन’मा काम गर्ने भएका छन्। आइतबार ‘पिँजडा ब्याक अगेन’को घोषणा गरिएको छ।
फिल्मलाई हिमाल केसीले निर्देशन गर्नेछन्।फिल्ममा निखिलको जोडी सारा सिर्पाली हुनेछिन्। कार्यक्रममा निर्देशक केसीले ‘पिँजडा ब्याक अगेन’ एक्शन फिल्म हुने बताए। फिल्ममा पारिवारिक प्रेमको कथा हुनेछ।
‘दर्शकलाई परिवारसँगै बसेर हेर्न मिल्ने फिल्म बनाउनु नै हाम्रो उद्देश्य हो’, लेखक मौनता श्रेष्ठसँगै निर्देशक केसीले फिल्मका बारेमा भने।
फिल्ममा सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराई, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ र ज्याक श्रेष्ठ लगायतको अभिनय रहनेछ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहनेछ। सौरभ लामाले खिच्ने फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र अधिकारी फिल्मका निर्माता हुन्। कार्यकारी निर्माता भने सुशान्त श्रेष्ठ हुन्। फिल्मलाई दशैंमा रिलिज हुनेछ।
प्रतिक्रिया