‘कस्मिक लभ’ गीतको छायांकन सेटबाट तस्बिर सार्वजनिक

‘कस्मिक लभ’ गीतको छायांकन सेटबाट तस्बिर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ- काठमाडौँमा अवस्थीत तारे होटेलमा भव्य कार्यक्रम गरि घोषणा गरिएको सिनेमा ‘कस्मिक लभ’को यतिबेला धमाधम छायांकन भैरहेको छ । केहि दिन पहिले मकवानपुरको कुलेखानीमा सिनेमामा समावेश ‘माया तिमीलाई’ बोलको गीतको छायांकन चलिरहेको थियो ।

बाबुल गिरीको संगीतमा तयार भएको गीतमा बाबुल गिरी र मिलज अमात्यको स्वर रहेको छ, भने शब्द दिनश सुबेदीले लेखेका हुन् । रामजी लामिछाने कोरियोग्राफर रहेको रोमान्टिक गीतमा सिनेमाका मुख्य कलाकार रिजन थापा र पुजन थापालाई देख्न सकिने निर्माण टिमको भनाई रहेको छ । छायांकन चलिरहेको गीतका केहि तस्बिर सार्वजनिक भएका छन् ।

‘कस्मिक लभ’लाई बि.एस बलामी तथा एस. अधिकारी निर्देशन गरिरहेकको सिनेमाका निर्माता जय गौतम निर्माता हुन् भने कार्यकारी निर्माताको रुपमा डि एन दाहाल रहेका छन् ।

मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको सिनेमा कस्मिक लभलाई ,शेखर ज्ञवालीले लेखेका हुन्। साथै यसमा सुरेश बझ्रचार्यको छायांकन छ।

सिनेमामा अर्पण थापा, प्रशान्त ताम्राकार,रोबिन तामाङ, दिया मास्के, रिजन थापा, पुजन थापा, राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुको अभिनय रहेकाछ।