‘फिर्के’ बनेर यसरी नाँचे ‘इकु’

‘फिर्के’ बनेर यसरी नाँचे ‘इकु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि समय अगाडी मात्र फस्टलूक पोस्टर सार्वजनिक गरेको सिनेमा ‘फिर्के’ले पहिलो गीत सार्वजनिक गरेको छ । अहिले चलीआएको लोकसंगीतलाई सिको गर्दै तयार गरिएको गीतमा सुलेमान शंकर ‘इकू’ र क्रिष्टिना पौडेल फिचरिङ छन् ।

‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । भने, लेखु सहयात्रीको शब्द र सुभाष भुसालको संगीत छ । गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

सुलेमान शंकरकै प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुलेमानका अलावा ऋचा शर्मा, अर्पण थापा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको अभिनय छ ।

रवी डंगोल निर्देशित सिनेमा पुष १४ मा रिलिंज हुँदैछ । ‘फिर्के’मा अभिमन्यु निरबीको लेखन, अष्ट महर्जनको द्वन्द,मित्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायाँकन, ओमलाल गुरुङ र राजेश श्रेष्ठको निर्माण छ ।

https://youtu.be/LHZHwoyG7hg