‘इकू’को ‘फिर्के’लाई सबैले हेर्न पाउने

‘इकू’को ‘फिर्के’लाई सबैले हेर्न पाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आगामी शुक्रबारबाट अलनेपाल रिलीज हुने सिनेमा ‘फिर्के’ सेन्सर पास भएको छ । सिनेमाले सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । अब सिनेमा समय उमेर समुहका दर्शकले हेर्न पाउनेछन् ।

स्टार कलाकारले भरिएको कमेडी सिनेमाका निर्माता शुलेमान शंकर (इकू) हुन् । सिनेमामा मुख्य भूमिका निर्वाह गरेका सुलेमानकै वरीपरी यसको कथा घुमेको छ ।

हाँस्यकलाकार रवि डंगोल वेइमानले निर्देशन गरेको सिनेमामा सुलेमान शंकर ईकु, अर्पण थापा, ऋचा शर्मा, क्रिष्टीना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ उज्ज्वल भण्डारी, पुरन थापा लगाएतका कलाकारले अभिनय गरेका छन ।