‘फेरि–फेरि’मा ऋचा र अर्पण

‘फेरि–फेरि’मा ऋचा र अर्पण

द सिनेमा टाइम्स
0
Shares

‘कान्छी मट्याङ ट्याङ’ का  निर्देशक  पुरन थापाले  ‘फेरि–फेरि’ नामक फिल्म निर्माण  गर्ने भएका छन्।’सुनकेसरी’, ‘फिर्के’ हुँदै नायिका ऋचा शर्मा र नायक तथा निर्देशक अर्पण थापाको टिमअप फिल्म ‘फेरि–फेरि’मा पनि हुने भएको छ ।
निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्राएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन् । उच्च प्रविधियुक्त फिल्म निर्माणका लागि सो क्यामेरा ल्याएको उनले बताए ।
 रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, सगैओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्य निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् । माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्म कमेडी जनराको भएको निर्देशक पुरनले जानकारी दिए ।