‘फाटेको जुत्ता’ पुन: ट्रेन्डिङ शिर्ष स्थानमा

‘फाटेको जुत्ता’ पुन: ट्रेन्डिङ शिर्ष स्थानमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ कार्तिक १७ गते रिलिज हुने सिनेमा ‘फाटेको जुत्ता’को लोकप्रियता दिनप्रतिदिन बढ्दै गैरहेको छ ।

अर्जुन कुमारको निर्माणमा बनेको यस सिनेमाको ट्रेलरले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाईरहेको छ । एक साता अगाडी रिलिज भएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ६ लाख बढी पटक हेरिएको छ ।

साथै सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको १ नम्बरमा समेत उक्लिएको छ । ‘फाटेको जुत्ता’ ट्रेन्डिङ १ मा उक्लिएको यो दोस्रो पटक हो । केहि दिन अगाडीसम्म १ नम्बरमा रहेको ट्रेलरले टप ५ को उतारचढाव थेगिरहेको थियो । अन्तत: पुन शिर्ष स्थानमा पुगेको छ ।

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुग्ने सिनेमाले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेकाले ‘फाटेको जुत्ता’ माथि अझ धेरै आश बढेको छ । कमेडी जनरामा निर्मित यस सिनेमालाई निकेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

अर्जुन कुमार प्रोडक्सनको व्यानरमा निर्मित यस सिनेमामा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, कामेश्वर चौरसिया, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । सिनेमामा निरज कँडेलको छायाँकन, अष्ट महर्जनको एक्सन, प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको छ ।