‘फाटेको जुत्ता’को फोटो खिच्नुस, जित्नुहोस् नयाँ जुत्ता !

‘फाटेको जुत्ता’को फोटो खिच्नुस, जित्नुहोस् नयाँ जुत्ता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक १७ गते रिलिज हुने सिनेमा ’फाटेको जुत्ता’ले पब्लिसिटीको नयाँ तरिका सार्वजनिक गरेको छ । जुन तरिकाबाट दर्शक र मेकर दुवैलाई फाईदा हुनेछ ।

‘फोटो कन्टेस्ट’ नामक लक्की ‘ड्र’मा जो-कोहिले पनि सहभागिता जनाउन सक्नेछन । ‘फोटो कन्टेस्ट’मा भाग लिन एकदमै सजिलो छ । यदि तपाईसँग फाटेको जुत्ता छ भने, त्यसको फोटो खिचेर ‘फाटेको जुत्ता’को फेसबुक वालमा ट्याग गर्नु पर्नेछ ।

तपाईको सहभागिताको रिजल्टमा २ सय ५० जनाले नयाँ जुत्ता उपहार जित्न सक्नु हुनेछ । फेसबुकमा ट्याग गरिएका फाटेको जुत्ताबाट लक्की ‘ड्र’ गरि २ सय ५० जनालाई अर्जुन कुमार निर्मित सिनेमाले नयाँ जुत्ता प्रदान गर्नेछ । तपाई नेपालको जुन सुकै स्थानबाट यस लक्की ‘ड्र’मा सहभागी हुन् सक्नुहुनेछ । विजेतालाई घर नयाँ जुत्ता पुर्याईदिने ‘फाटेको जुत्ता’ टिमले वाचा गरेको छ ।

निकेश खड्का निर्देशित सिनेमामा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । गीत/संगीत र ट्रेलरका कारण अहिले ‘फाटेको जुत्ता’ चर्चामा छ ।