‘फाटेको जुत्ता’लाई दुई दिनमा करोड: अर्जुन कुमार

‘फाटेको जुत्ता’लाई दुई दिनमा करोड: अर्जुन कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘फाटेको जुत्ता’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ ।

शुक्रबार राम्रो व्यापार गरेको सिनेमाले शनिबार आफ्नो लागि आक्रामक व्यापार गर्यो । सौगात मल्ल, प्रियंका कार्की स्टारर सिनेमा हेर्न शनिबार दर्शकको चाप बढ्दा देशभरका अधिकाँस हलहरु हाउसफुल रहे ।

निर्माता अर्जुन कुमारले दिएको जानकारी अनुसार सिनेमाले दुई दिनमा करोड माथि ग्रस कलेक्सन गर्न सफल भएको छ । तर, सिनेमाको टोटल फिगर आईसकेको छैन । सिनेमाको तिन दिने कलेक्सन सोमबार सार्वजनिक गर्ने निर्माताले जानकारी दिएका छन् ।

निकेश श्रेष्ठ निर्देशित कमेडी सिनेमाले मिश्रीत प्रतिक्रिया पाईरहेको छ । सिनेमामा सौगात र प्रियंकाका अलावा रविन्द्र झाको पनि मुख्य भूमिका छ । प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको सिनेमामा निरज कँडेलको छायाँकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन र कविराज गहतराज/राजिव समरको कोरियोग्राफी छ ।