कार्तिक १७ मा ‘फाटेको जुत्ता’ र ‘रोमियो’

कार्तिक १७ मा ‘फाटेको जुत्ता’ र ‘रोमियो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक १७ गतेको मितिमा दुई नेपाली सिनेमा प्रदर्शन हुने भएका छन् । अहिले छायाँकनरत सिनेमा ‘फाटेको जुत्ता’ले यो मितिमा पहिले नै झण्डा गाडिसकेको थियो । अहिले यो सिनेमा राजधानी बाहिर अन्तिम चरणको छायाँकनमा व्यस्त छ ।

र यहिँ मितिमा शंकर कार्की निर्देशित सिनेमा ‘रोमियो’ले रिलिज मिति लक गरेको छ । बैशाख २९ मा रिलिज हुने भनेको सिनेमाले पहिलो चरण स्थानीय चुनावको कारण देखाउदै पहिलो रिलिज मिति स्थगित गरेको थियो । अन्तत: अब कुनै पनि हालतमा यो मिति नछाड्ने भन्दै कार्तिक १७ मै आउँने कुरा निर्माता तथा कलाकार हसन खानले बताएका छन् ।

त्यस्तै निकेश खड्काको निर्देशनमा छायाँकन भरहेको ‘फाटेको जुत्ता’ले आफ्नो ९० प्रतिशत छायाँकन पुरा भएको जानकारी दिएको छ । निर्माता अर्जुनकुमारले यहिँ मितिमै आफ्नो सिनेमा आउँने जानकारी द सिनेमा टाइम्सलाई दिए । एक साता भित्रै पुरा छायाँकन सकेर ‘फाटेको जुत्ता’ युनिट राजधानी फिर्नेछ । पूर्ण कमेडी सिनेमामा सौगात मल्ल, प्रियंका कार्की,  वुद्धि तामाङ, कामेश्वर चौरासिया र रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

त्यस्तै ‘रोमियो’मा हसन खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ ।