आजबाट अलनेपाल ‘फाटेको जुत्ता’ !

आजबाट अलनेपाल ‘फाटेको जुत्ता’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्जुन कुमारले निर्माण गरेको सिनेमा ‘फाटेको जुत्ता’ आजबाट अलनेपाल रिलिज भएको छ ।

ट्रेलर, पोस्टर, संगीत र कास्टिंगका कारण चर्चामा रहेको यस सिनेमालाई सिने क्षेत्रले आशाका रुपमा हेरेको छ ।| तर, सौगात मल्ल, कामेस्वर चौरसिया, प्रियंका कार्की स्टारर सिनेमाले बक्सअफिसमा कस्तो प्रस्तुति दिन्छ, त्यो त भोलिका दिनमा नै थाहा हुनेछ ।

निरोज महर्जनले लेखेको सिनेमालाई निकेश खड्काले निर्देशन गरेका हुन् । यो साताको लागि नेपालबाट सोलो रिलिजको मौका पाएको ‘फाटेको जुत्ता’ लगभग देशभरका हलहरुबाट प्रदर्शनमा आएको हो । राजधानीका मल्टीप्लेक्समा सिनेमाले ३५ शोज पाएको छ ।

प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको सिनेमामा निरज कँडेलको छायाँकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन र कविराज गहतराज/राजिव समरको कोरियोग्राफी छ ।