अर्जुन कुमारले ‘फाटेको जुत्ता २’ र ‘चपली हाइट ३’ बनाउने

अर्जुन कुमारले ‘फाटेको जुत्ता २’ र ‘चपली हाइट ३’ बनाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमारले यसको सिक्वेल घोषणा गरेका छन् ।

विहिबार ‘फाटेको जुत्ता’को सक्सेस पार्टीमा सौगात मल्ललाई नै मुख्य भूमिकामा लिने गरि ‘फाटेको जुत्ता २’को घोषणा गरेका हुन् । ‘फाटेको जुत्ता’कै प्राय कलाकार रहने सिनेमाबाट भने प्रियंका कार्की आउट भएकी छन् ।

छिट्टै नै छायाँकनमा जाने सिनेमालाई २०७५ को बैशाख १ गते रिलिज गर्ने पनि अर्जुन कुमारले बताए । साथै, अब ‘अर्जुन कुमार फिल्मस’बाट सिनेमा वितरण गर्ने जानकारी समेत दिए । आफ्नो कम्पनिबाट सिनेमा वितरण गर्दा निर्माताले प्रचार खर्च तिर्नु नपर्ने र आफै पनि सिनेमा प्रचारमा हिड्ने कुमारले बताए । अर्जुनले आफ्नै प्रोडक्सनबाट ‘चपली हाइट ३’ पनि घोषणा गरे ।