चेलिबेटी बेचबिखनको कथामा ‘पेशा’ बन्ने

चेलिबेटी बेचबिखनको कथामा ‘पेशा’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘पेशा’ नाममा सिनेमा निर्माण हुने भएको छ । बुधबार हरितालिका तिजको अवसर पारेर सिनेमा निर्माणको घोषणा गरेको हो । सिनेमा निर्माण टिमले उक्त सिनेमाको दिउँसो कोटेश्वरको महादेव स्थानमा शुभमुर्हत सहित घोषणा गरेको थियो ।

समसामयिक राजनीतिक घटना र चेलिबेटी बेचबिखनको कथामा आधारित रहेर बन्ने सिनेमालाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन्। फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको सिनेमामा जीएस आलेको लगानी रहने छ। सिनेमाको कथा टिकाराम रखालले लेखेका हुन्।

सिनेमामा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाइली लगायतका कलाकारको मुख्य भुमिका रहने छ। सिनेमामा जनक पाख्रिनको नृत्य निर्देशन, राजुजंग थापाको द्वन्द्व, टंक बुढाथोकी र जीएस आलेको संगीत रहने छ।

२०७६ को तीजको अवसरमा सार्वजनिक गरिने सिनेमाको बुधबारबाट नै छायांकन सुरु गरिएको सिनेमा निर्माण युनिटले जानकारी दिएको छ।