रजनीको ‘पटुकी’को पोस्टर सार्वजनिक

रजनीको ‘पटुकी’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रजनी केसी मुख्य भूमिकामा अभिनित सिनेमा ‘पटुकी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा रजनीका साथै दुई अभिनेता पनि फिचरिङ छन् । साथै, पोस्टरमा सिनेमाको रिलिज मिति पुष २१ गते तोकिएको छ ।

राम नेपालले निर्देशन गरेको सिनेमामा रजनीका अलावा जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारको अभिनय छ । म्याक्टेन कालु निर्माता रहेको सिनेमाको सहनिर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् ।

सिनेमामा राजनराज सिवाकोटीको संगीत,  म्याक्टेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानुकुमार महर्जनको द्वन्द, शिव वि.केको करियोग्राफि र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।