गौरव र अनुको ‘पसिना’ गीत रिलिज

गौरव र अनुको ‘पसिना’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – श्रमिकहरुको कथा बोकेको सिनेमा ‘पसिना’को गीतसँगै रिलिज डेट सार्वजनिक गरिएको छ ।

महाशिवरात्रीको अवसर पारेर ‘हावा चल्यो सिरिरि…’ बोलको गीत सार्वजनिक गर्दै बैशाख १४ लाई रिलिज डेट तय गरिएको हो । सार्वजनिक गीतमा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह फिचरिङ छन् ।

ननस्टप क्रियसनको व्यानरमा निर्माण भएको ‘पसिना’लाई आरवि खत्री ‘शरद’ले निर्देशन गरेका हुन् । गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका रहेको सिनेमामा शान्ता ढकाल र संजय महत्तोको लगानी रहेको छ ।

राजनराज सिवाकोटी/थिराज राई र दिपक शर्माको संगीत रहेको ‘पसिना’मा नबिन निरौलाले सम्पादन, शिव विकको नृत्य निर्देशन, देब महर्जनको द्वन्द्व र राम केसीको छायाँकन छ ।

https://youtu.be/8zc5K_ho4cc