फ्राइडे रिलिज: ‘पर्व’ र ‘हिटलर’ भिड्दै

फ्राइडे रिलिज: ‘पर्व’ र ‘हिटलर’ भिड्दै

द सिनेमा टाइम्स
0
Shares

शुक्रबारबाट देशभरका हलमा दुई नेपाली फिल्म ‘पर्व’ र ‘हिटलर’ रिलिज भएको छन् । प्रतिक्षामा रहेका दुई फरक जनराका चलचित्रलाई दर्शकले माया गर्ने विश्वास यसका निर्माताहरुले लिएका छन् ।

सुवास गिरी र निकिता पौडेलको निर्मित ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु र जेबिका कार्की मुख्य भूमिकामा छन् । फिल्मले सस्पेन्स कथा भन्छ।

दिनेश राउतको निर्देशन रहेको ‘काले दाई काले दाई’ बोलको गीतका कारण फिल्मले राम्रो ओपनिङ गर्ने अनुमान गरिएको छ ।

यस्तै, आजबाट चलचित्र ‘हिटलर’ पनि रिलिज भएको छ ।

सिनेमालाई सौरभ ढकालले निर्देशन गरेका हुन् । सिनेमामा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ र नव-नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । कमेडी र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई अष्टनारायण पिक्चर्सले निर्माण गरेको हो।