‘पर्व’को ट्रेलर सार्वजनिक, जेठ १२ बाट रिलिज हुदै

‘पर्व’को ट्रेलर सार्वजनिक, जेठ १२ बाट रिलिज हुदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | फिल्म ‘पर्व’को ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश राउत निर्देशित फिल्मलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

जहाँ निर्माण युनिटले फिल्मको बारेमा जानकारी दिदै आफ्ना अनुभवहरु मिडिया माझ बाँडे । सस्पेन्स थ्रिल फिल्मको ट्रेलर सार्वजनिक भएसंगै प्रेसमिटमा उपस्थितले राम्रो प्रतिक्रिया दिए ।

मोसन पोस्टर पनि सार्वजनिक गरिएको कार्यक्रममा पब्लिसिटी डिजाइनर शान थापाको प्रसंशा गरियो । यसअघि ‘नोभेम्बर रेन’, ‘आई एम सरी’ र ‘क्लासिक’ निर्देशन गरिसकेका दिनेश राउतले लभस्टोरी जनरा र सस्पेन्स थ्रिल फिल्म गर्दाको अनुभव सुनाए । यसअघि यस्तो खालको फिल्म नहेरेको बताउने राउतले यो फिल्मको अफर आउदा अफ्ठेरो महसुस भएको कथ्य सुनाए । साथै आफुले फिल्ममा राम्रो कोशिस गरेको भन्दै दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे ।

गोपीकृष्ण टिभी फिल्मीको निर्माण सहकार्य रहेको फिल्ममा सुवाष इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ । फिल्ममा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, माला लिम्बु, केशब भट्टराई र जेविका कार्की लगाएतका कलाकारको अभिनय रहेको छ । फिल्ममा कथा/संगीत पनि कोशिस क्षेत्रीकै रहेको छ ।

फिल्मको ‘काले दाई’ बोलको गीत अहिले चर्चामा रहेको छ । गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर रहेको छ  भने, दिनेश राउतकै शब्द सिर्जना रहेको छ । चलचित्र ‘जेठ १२’ गतेबाट रिलिज हुदैछ ।