पण्डित बाजेको लौरी ट्रेलर: पण्डितको कथा, बादीको व्यथा

पण्डित बाजेको लौरी ट्रेलर: पण्डितको कथा, बादीको व्यथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा, काठमाडौँ – बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को विषयबस्तुमा निर्मित सिनेमा ‘पण्डित बाजेको लौरी’को ट्रेलर रिलिज भएको छ । यसअघि सार्वजनिक टिजरबाट चर्चा कमाएको सिनेमाले एक गीत पनि सार्वजनिक गरिसकेको छ ।

दीपक ओली निर्देशित सिनेमाको ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोस, पश्चाताप, द्वन्दका दृश्य अटाइएका छन् । प्राय: जसो कमेडी फोकस्ड सिनेमाहरु बजारमा आइरहेका बेला ‘पण्डित बाजेको लौरी’ भिन्न लाग्छ ।

सिनेमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा छन् । बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् । भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हिपिने बदिनी र समाजको ठुलो जात पण्डितविचको सम्वन्धलाई पनि सिनेमामा प्रस्तुत गरिएको निर्देशक ओलीले बताए ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको सिनेमामा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ । सिनेमा साउन ४ गते सार्वजनिक प्रदर्शनमा आउदै छ ।