‘पण्डित बाजेको लौरी’को पोस्टर रिलिज

‘पण्डित बाजेको लौरी’को पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – श्रावण ४ गतेबाट रिलिज हुने सिनेमा ‘पण्डित बाजेको लौरी’को पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रविन खतिवडालाई फिचर्ड गरिएको छ ।

दिपक ओलीले निर्देशन गरेको सिनेमालाई अधृत फिल्म्स प्रालीको व्यानरमा थमन कुमार भण्डारी राज र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन । सिनेमामा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठुलो जात भनिने पण्डितबीचको सम्बन्धको कथा यसमा देखाउन खोजिइको छ ।

सिनेमामा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्धया केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि। गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ ।