सन्ध्याको ठुम्कामा रम्दै पण्डित

सन्ध्याको ठुम्कामा रम्दै पण्डित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन्ध्या केसीको आइटम नृत्य रहेको ‘चोली तुना’ सार्वजनिक भएको छ । दीपक ओली निर्देशित सिनेमा ‘पण्डित बाजेको लौरी’बाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा सन्ध्यासँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकार फिचर्ड छन् ।

गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला/श्रीकृष्णकै स्वर र बिक्रम स्वाँरको कोरियोग्राफी छ ।

साउन ४ मा रिलिज हुने सिनेमाले एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथासँगै समाजका गहकिला समस्या र घटनालाई समेटेको छ । महेश दवाडीको कथा/पटकथा/संवाद रहेको सिनेमाले बादी-बदिनीको कथा पनि उठाएको छ । केहि दिन अगाडी सार्वजनिक टिजरबाट सिनेमाले राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको सिनेमामा लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको पनि अभिनय छ । ‘पण्डित बाजेको लौरी’मा विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।