सौगात, कर्मा, बुद्दीको ‘पन्चेबाजा’ ट्रेलर सार्वजनिक

सौगात, कर्मा, बुद्दीको ‘पन्चेबाजा’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘पन्चेबाजा’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित ट्रेलर लन्च कार्यक्रममा सिनेमाका मुख्य कलाकारद्वय सौगात मल्ल, कर्मा, बुद्दी तामाङ, जस्मिन श्रेठ लगायतले प्रेससँग भलाकुसारी पनि गरे ।

सामाजिक कथामा निर्माण भएको सिनेमाको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । भने, घनश्याम लामिछानेले ‘पन्चेबाजा’ निर्देशन गरेका हुन् । सिनेमामा माथी उल्लेखित कलाकारका अलावा सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, बिमला गिरी, राजेश शाही, युवराज भण्डारी, तेज गिरी लगायतको कलाकारको अभिनय छ ।

न्यु भेनस फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजेश शाहीको लगानी रहेको छ । सारा गुरुङ सहनिर्माता रहेको सिनेमामा हरि घले लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन, कालीप्रसाद बाँस्कोटा/बिकाश चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।