सौगात र सिर्जनाको ‘पन्चेबाजा’ फागुनमा

सौगात र सिर्जनाको ‘पन्चेबाजा’ फागुनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यसअघि चैत ९ मा ‘शत्रुगते’सँग आउने भनिएको सिनेमा ‘पन्चेबाजा’को डेट ‘प्रिपोन्ड’ गरिएको छ । निर्माण टिमले नयाँ रिलिज डेट सहितको फस्टलूक पोस्टर पनि सार्वजनिक गरेको छ ।

अब सिनेमा फागुन ११ गते रिलिज हुनेछ । सार्वजनिक गरिएका दुई पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर छन् । घनश्याम लामिछाने निर्देशित सिनेमामा सौगात मल्ल, कर्मा, बुद्दी तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, यूवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय छ ।

यसअघि ‘धौली’ र ‘अग्निदहन’ निर्देशन गरिसकेका लामिछानेले यो सिनेमाले मौलिक गाउँको कथा भन्ने बताए । गाउँका तिन युवाको वरिपरी ‘पन्चेबाजा’को कथा घुमेको छ । निर्देशकले थपे । न्यु भेनस फिल्मसको व्यानरमा निर्मित सिनेमामा राजेश शाहीको लगानी छ ।

सारा गुरुङ सहनिर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपाने र हरि घले लामाको छायांकन छ ।