राहुल विश्वासको स्वरमा ‘पन्चेबाजा’को स्याड सङ रिलिज

राहुल विश्वासको स्वरमा ‘पन्चेबाजा’को स्याड सङ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ गतेबाट रिलिज हुने सिनेमा ‘पञ्चेबाजा’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । नेपाल आइडल प्रतिस्प्रधी राहुल विश्वासले स्वर दिएको ‘म केहि बोलु…’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत र एकतारेको शब्द सिर्जना रहेको छ ।

गीतमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्माको पिडालाई प्रस्तुत गरिएको छ । न्यु भेनस फिल्मस्को व्यानरमा राजेश शाहीले निर्माण गरेको ‘पञ्चेबाजा’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

सिनेमामा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ । सारा गुरुङ सहनिर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा र विकाश चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन र प्रदिप भारद्वाजको लेखन छ ।