अस्कर अवार्डको लागी छनोट भयो पंचायत !

अस्कर अवार्डको लागी छनोट भयो पंचायत !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सामाजिक विषय वस्तुमा आधारित रहेर निर्माण गरिएको सिनेमा ‘पंचायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डको लागी छनौट गरिएको छ । नेपाल स्थीत ओस्कार छनोट समितीले ९१ औं ओस्कार अवार्डको लागी नेपाली सिनेमा ‘पंचायत’लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने ९१औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड)मा विदेशी भाषी सर्वोत्कृष्ट सिनेमा विधामा प्रतिस्पर्धी बन्नका निम्ति नेपालबाट सहभागिताका लागि आह्वान गरिएकोमा “तान्द्रो”, “पंचायत”, तथा “माइ लभ प्रोमिश फर काठमाडौं दर्ता भएका थिए ।

तीनवटा सिनेमाहरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट सिनेमा छनोट समिति (नेपाल)द्वारा चलचित्र “पंचायत”लाई छनौट गरेको समितीले जनाएको छ । छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाइ रहेका थिए ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको ‘पन्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमामा सरोज खनाल, नीता ढुंगाना , रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।