एमाले, काँग्रेस र माओवादी नेताले ‘पंचायत’ हेर्ने !

एमाले, काँग्रेस र माओवादी नेताले ‘पंचायत’ हेर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २ गते प्रदर्शनमा आउने सिनेमा ‘पंचायत’ले मौलिक कथालाई उठाएको छ । जुन कथा अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा विदेशी भाषाका २१६ वटा सिनेमालाई पछी पर्दै उत्कृष्ट ठहरिएको थियो । त्यस्तै फेस्टिवलमा ‘पंचायत’मा मुख्य भूमिका निर्वाह गरेकी निता ढुंगानाले उकृष्ट अभिनेत्री अवार्डसमेत जितेकी थिइन् ।

शिवम अधिकारी निर्देशित ‘पंचायत’ले रिलिजको एक साता अगाडी भिआईपी शो गर्ने भएको छ । फागुन २५ गते राजधानीको कुमारी हलमा हुने प्रिमियरमा राजनीतिक क्षेत्रका विशिष्ट नेताहरुलाई निम्त्याउने निर्माण पक्षको लक्ष्य रहेको छ । सिनेमाका कार्यकारी निर्माता रवी अधिकारीले विशिष्ट राजनीतिक व्यक्तित्वहरुलाई निमन्त्रणा गरिरहेको कति व्यक्तित्वले ‘पंचायत’ हेर्न आउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

निर्माण पक्षले बताए अनुसार अहिलेसम्म पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी अधय्क्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समय दिईसकेका छन् । साथै, पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनालसँगै एमालेका अन्य नेताहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे ‘पंचायत’ हेर्न आउनेछन् । त्यस्तै माओवादी नेताहरु जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन अनन्त, ओनसरी घर्ति पनि भिआइपी शोमा उपस्थित हुनेछन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, काँग्रेस नेताहरु विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, मिनेन्द्र रिजाल, गगन थापा, उमा अधिकारीले पनि ‘पंचायत’ हेर्ने इछ्या प्रकट गरेका छन् । ‘पंचायत’को भिआइपी शोबाट नेपाली सिनेमामा क्षेत्रमा सकारात्मक संदेश प्रवाह हुने र सिनेमा क्षेत्र विकासमा सहयोग पुग्ने आशा रहेको निर्माता शुशांत श्रेष्ठले बताए ।

यहिँ २४ गते ‘पंचायत’को हतौडामा समेत च्यारिटी शो राखिएको छ । सिनेमामा निताका अलावा सरोज खनाल, रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, गीता अधिकारी, विशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । गणेश गिरी प्रस्तुतकर्ता रहेको ‘पंचायत’को निर्मातामा सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदी छन् । भने, सहनिर्मातामा मेनुका प्रधान रहेकी छन् ।