‘पंचायत’ गीतमा नितालाई भयो पिडा (भिडियो)

‘पंचायत’ गीतमा नितालाई भयो पिडा (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ सिनेमा ‘पंचायत’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘छोरीको कर्म…’ बोलको गीतमा अभिनेत्री निता ढुंगानाको पिडा देखाउँन खोजिएको छ ।

कार्यकारी निर्माता रवी अधिकारीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतमा टंक बुढाथोकीको संगीत तथा शिवम अधिकारीको शब्द सिर्जना रहेको छ । गीतमा सरु गौतमको स्वर छ । ५० वर्ष पुरानो कथामा निर्माण गरिएको यस सिनेमामा शिवम अधिकारीको लेखन तथा निर्देशन छ ।

फागुन १७ गतेबाट अलनेपाल रिलिज हुने सिनेमामा निताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

गणेश गिरीको प्रस्तुतिमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेको यो सिनेमामा विपिन मल्लको सम्पादन, रामेश्वर कार्कीको छायाँकन छ ।