‘पलाँस’ गीत रिलिज [भिडियो]

‘पलाँस’ गीत रिलिज [भिडियो]

द सिनेमा टाइम्स
0
Shares

चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को नयाँ गीति भिडियो रिलिज भएको छ । ‘तिमी साथ हुँदा’ बोलको भिडियोमा नायिका रेखा थापा र नायक आयुव केसी फिचरिङ छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र युवराज चौंलागाईंको स्वर छ । सुमधुर संगीत रहेको गीतका शब्द मन छुने छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । कृषा चौंलागाईंको निर्माण रहेको फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । सुसन प्रजापतीको सिनेम्याटोग्राफी रहेको फिल्ममा रेखा र आयुवसँगै कलाकार कामेश्वर चौरसिंयाको पनि मुख्य भूमिका छन् ।

भिडियो हेर्नुस् ः