आजबाट रेखाको ‘पलाँस’ प्रदर्शनमा

आजबाट रेखाको ‘पलाँस’ प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

यो साता सोलो रिलिज अन्तरगत रेखा थापा अभिनित ‘पलाँस’ प्रदर्शनमा आएको छ । लामो समयको अन्तराल पछि रेखा बाहिरी प्रोडक्सनबाट दर्शक माझ आएकी हुन् । रिलिजको पुर्वसन्ध्यामा फिल्मको राजधानीमा प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा राम्रो प्रतिक्रिया पाएको ‘पलाँस’ले दर्शकबाट कस्तो प्रतिक्रिया पाउछ प्रतिक्षाको विषय बनेको छ । सेन्सरबाट एडल्ट सर्टिफिकेट पाएको फिल्ममा रेखासंगै कामेश्वर चौरसिया र आयुब केसीको मुख्य भूमिका रहेको छ । कृषा चौलागाईं निर्मित फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।फिल्म देशभरका ७० हलमा एकसाथ रिलिज भएको निर्माण टिमले जानकारी गराएको छ ।