‘पद्मावती’ यो वर्ष रिलिज नहुने, फेब्रुअरीमा सम्भावना कति ?

‘पद्मावती’ यो वर्ष रिलिज नहुने, फेब्रुअरीमा सम्भावना कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । वर्ष ०१७ मा बलिउडमा सर्वाधिक चर्चामा रहेको सिनेमा हो ‘पद्मावती’ । २०१५ मा ‘बाजिराव मस्तानी’ दर्शक माँझ प्रस्तुत गरेका निर्देशक संजयलीला भन्साली ‘पद्मावती’लाई यसै वर्ष रिलिज गर्ने योजनामा थिए ।

तर, ‘पद्मावती’ छायाँकनताका आएका थुप्रै बाधा-अड्चनका कारण सम्भवत: भन्सालीको यो योजना सफल नहुँने संकेत देखा परेको छ । पहिले २० अक्टुबरलाई रिलिज मिति तय गरेको सिनेमाको थुप्रै छायाँकन बाँकी रहेपछि नोभेम्बर १७ मा रिलिज गर्ने हल्लाहरु बाहिरिए ।

सिनेमाको केहि प्रतिशत छायाँकन अहिले पनि पुरा हुन् सकिरहेको छैन । पिरियड ड्रामा झन्डै २ सय करोडको लगानीमा निर्माण हुँदैछ ।स्रोतको पछिल्लो रिपोर्ट अनुसार १७ नोभेम्बरमा सिनेमा रिलिज गर्दा ‘पद्मावती’ले उत्कृष्ट मेकिंगमा पूर्णता पाउने छैन । सिनेमाका लागि केहि दृश्य हटाएर मात्र पुर्वनिर्धारित मितिमा सिनेमा रिलिज गर्न सकिने भएपछी यस पिरियड ड्रामाको लागि नयाँ डेट खोजि भैरहेको छ ।

यदि १७ नोभेम्बरमा ‘पढ़मावती’ रिलिज गर्न नसके आगामी वर्षको फेब्रुअरीलाई टार्गेट गरिएको छ । फेब्रुअरीमा अहिलेसम्म अनुष्का शर्मा स्टारर ‘परी’ मात्र रिलिज हुने छ । फेब्रुअरीमा एक मात्र बिग बजेटको सिनेमा रिलिज हुने भएपछि ‘पद्मावती’लाई उक्त महिनामा रिलिज गर्ने योजना बनाउँदै गरेको ‘कोइमोई डटकम’ले लेखेको छ ।

बलिउडमा भन्साली राम्रा सिनेमा बनाउन पोख्त निर्देशकको रुपमा चिनिन्छन । त्यसैले पनि दीपिका पादुकोण, रणवीर सिंह, साहिद कपूर, अदिति रोय कपूर स्टार सिनेमा प्रतिक्षित बनेको छ । ‘खामोशी- द म्युजिकल’बाट निर्देशनमा डेब्यु गरेका भन्सालीले ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘सावरिया’, ‘गुजारिस’, ‘ब्ल्याक’, ‘रामलीला’, र ‘बाजिराव मस्तानी’ जस्ता मोस्ट अवार्ड विनिंग सिनेमा दिईसकेका छन् ।