माधुरीको पहिरन ३० किलो, दीपिकाको कति ?

माधुरीको पहिरन ३० किलो, दीपिकाको कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संजयलीला भन्साली निर्देशकीय सिनेमा ‘पद्मावती’ले सार्वजनिक ट्रेलरबाट उम्दा प्रतिक्रिया पाईरहेको छ ।

भन्सालीको सिनेमा जति बेला रिलिज हुन्छन् त्यति बेला सिनेमा भित्रको मेकिङले सदैव चर्चा पाउँछ । यस पटक पनि मेकिङ र कलाकारको पहिरन/रुपले चर्चा पाईरहेका छन् । अभिनेत्री दीपिका पादुकोणलाई सिनेमा भित्र रानी पद्मिनीको भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलरमा सताब्दीऔं पुरानो पहिरनमा दीपिका देखिएकी छन् । जुन पहिरन अहिले अत्याधिक चर्चामा छ ।

‘पद्मावती’मा दीपिकाको पहिरन !

दीपिकाले लगाएको उक्त पहिरण निक्कै भारी जस्तो देखिन्छ । यसअघि भन्सालीकै ‘देवदास’मा अभिनेत्री माधुरी दिक्षितले एक गीतका लागी ३० किलो भारी पहिरन लगाएर नाचेकी थिइन् । त्यसैले पनि दीपिकाको यस पहिरनले थप चर्चा पाएको हो ।

दीपिकाको यो पहिरण माधुरीको भन्दा भारी देखिए पनि एकदमै हलुका रहेको छ । रिंपल र हरप्रित नरुलाले तयार गरेको यस पहिरनको बारेमा मुख खोलेका छन् । ‘दीपिकाले लगाएको पहिरन देख्नमा जति भारी देख्निछ उति छैन । ११-१२ औं सताब्दीमा प्राकृतिक समान प्रयोग गरेर हातबाट बनाएका ति पहिरन बनाउँनलाई अहिले एकदमै गाह्रो छ । त्यसैले यो पहिरनमा कर्बोनिक मिसाएर तयार गर्यौ । जसले गर्दा यसको वजन कम हुन् गएको हो । तर, पश्चिमी मुलुकका पहिरन भन्दा भारतीय पहिरन अलि वजनदार हुने भएकाले अन्यको तुलनामा यो भारी नै छ ।’ रिंपल र हरप्रितले परिहनको बारेमा प्रष्ट पारे ।

‘देवदास’मा माधुरीको पहिरन !

दीपिकाले यसअघि ‘रामलीला’मा पनि वजनदार पहिरन लगाएकी थिइन् । ‘देवदास’को ‘काहे छेडे मोहे’ बोलको गीतमा माधुरीले ३० किलो वजनको पहिरन लगाएकी थिइन् । डिसेम्बर १ तारिखमा रिलिज हुने ‘पद्मावती’मा दीपिकाका अलावा रणवीर सिंह र साहिद कपूरको मुख्य भूमिका छ ।

‘रामलीला’मा दीपिकाको पहिरन !