पद्मावती ट्रेलर: रणवीरको भयानक रुप, दीपिका र साहिदको प्रेम

पद्मावती ट्रेलर: रणवीरको भयानक रुप, दीपिका र साहिदको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ बलिउडको प्रतिक्षित सिनेमा ‘पद्मावती’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्ड लामो ट्रेलरमा रानी पद्मावती र राजा महारावल रतन सिंहको प्रेम, द्वन्द र अलाउद्दीन खिलजीको क्रोध एवं भयानक रुपलाई प्रस्तुत गरिएको छ ।

यसअघि पिरियड ड्रामा ‘बाजिराव मस्तानी’ हिट दिएका संजयलीला भन्सालीले यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथा रहेको यो सिनेमामा दीपिका पादुकोण ‘रानी पद्मावती’, साहिद कपूर ‘राजा महारावल रतन सिंह र रणवीर सिंह ‘अलाउद्दीन खिलजी’को भूमिकामा देखिएका छन् ।

डिसेम्बर १ तारिखमा रिलिज हुने यस सिनेमामा अदिति राव हेड्री र जिम सर्भको पनि मुख्य भूमिका छ ।