रिलिज पुर्व ‘पद्मावती’को रेकर्ड, रुचाईयो भन्सालीको काम

रिलिज पुर्व ‘पद्मावती’को रेकर्ड, रुचाईयो भन्सालीको काम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित सिनेमा ‘पद्मावती’ले युट्युब भ्युजमा रेकर्ड कायम गरेको छ । रिलिजको २४ घण्टामा ‘पद्मावती’ले पाएको भ्युज बलिउडका लागि सर्वाधिक हो ।

संजयलीला भन्साली निर्देशित पिरियड ड्रामाको ट्रेलरले युट्युबमा उम्दा प्रतिक्रिया समेत पाएको छ । ट्रेलरलाई यो समाचार तयार गर्दासम्म १ करोड ६५ लाख बढी हेरिएको छ । साथै ट्रेलर ५ घण्टा भित्रै नेपाल ट्रेन्डीङको शिर्ष स्थानमा आइपुगेको थियो ।

ट्रेलरबाट निर्देशक संजयलीलाको मेकिङ र अभिनेता रणवीर सिंहको अवतारले सर्वाधिक तारिफ पाएका छन् । त्रिकोणात्मक प्रेमकथा रहेको यो सिनेमामा दीपिका पादुकोण ‘रानी पद्मावती’, साहिद कपूर ‘राजा महारावल रतन सिंह र रणवीर सिंह ‘अलाउद्दीन खिलजी’को भूमिकामा देखिएका छन् ।

डिसेम्बर १ तारिखमा रिलिज हुने यस सिनेमामा अदिति राव हेड्री र जिम सर्भको पनि मुख्य भूमिका छ ।

भन्सालीले यसअघि ‘बाजिराव मस्तानी’, ‘रामलीला’, ‘ब्ल्याक’, ‘गुजारिस’, ‘सावरिया’, ‘देवदास’, ‘हम दिल दे चुके सनम’, ‘खामोशी-द म्युजिकल’ जस्ता सदाबहार सिनेमा निर्देशन गरिसकेका छन् ।