‘प्याडम्यान’सँगै ‘पद्मावत’ रिलिज हुँदै ?

‘प्याडम्यान’सँगै ‘पद्मावत’ रिलिज हुँदै ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जसो तसो बलिउड सिनेमा ‘पद्मावती’को विवाद साम्य भएको छ । सेन्सर बोर्डले सिनेमामा पाँच कैंची चलाएपछी ‘पद्मावती’ प्रदर्शनको लागी तयार भएको हो ।

सेन्सरले सिनेमाको नाम ‘पद्मावत’ राख्न र चार पारिमार्जन गरि सिनेमा रिलिज गर्न आदेशसहितको चिट्ठी पनि दिईसकेको छ । अब संजयलीला भन्साली निर्देशित सिनेमा ‘पद्मावत’ शिर्षकमा रिलिज हुनेछ । जसका लागी राम्रो डेटको खोजी निर्माण टिमले गरिरहेको छ ।

कोइमोई डटकमले बलियो स्रोतलाई आधार मान्दै ‘पद्मावत’ जनवरी २५ मा रिलिज हुने सम्भावना औल्याएको छ । जसको लागी निर्माण टिमबाट अहिलेसम्म आधिकारिक घोषणा आईसकेको छैन । बलिउडमै अहिलेसम्मकै महँगो बजेटमा निर्माण गरिएको सिनेमालाई जनवरी २५ नै उचित डेट देखिएको छ । किनकी, यो डेटमा रिलिज हुँदा सिनेमाले गणतन्त्र दिवसको विदा खान पाउनेछ । २६ तारिख शुक्रबार गणतन्त्र दिवस हुँदा सिनेमा विहिबारनै रिलिज हुनेछ । यसो गर्दा सिनेमाले ४ दिने विकेन्ड मनाउन पाउनेछ ।

यहिँ डेटमा अक्षय कुमारको ‘प्याडम्यान’ र सिद्धार्थ मलहोत्रा/मनोज बाजपाईको ‘ऐयारी’ले रिलिज मिति तय गरेका छन् । यदि, यहिँ डेटमै ‘पद्मावत’ रिलिज भएमा ‘ऐयारी’ फेब्रुअरी ९ मा सर्नेछ । भने, ‘प्याडम्यान’ले ‘पद्मावत’सँग बक्सअफिस लडाई गर्नुपर्नेछ ।

बलिउडको बहुप्रतिक्षित ‘पद्मावत’मा रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूरको मुख्य भूमिका छ ।